डा. सन्तोष पौडेल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्षमा निर्वाचित

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले नयाँ नेतृत्व चयन गरेको छ। महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल सर्वसम्मत रूपमा चयन भएका छन्। यसअघि उनी महासंघका महासचिवको जिम्मेवारीमा थिए।
सोमबार साँझ बसेको अध्यक्ष मण्डलको बैठकले डा. पौडेलको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो। उपाध्यक्ष पदमा अमृता बराल र रामहरि ढकाललाई सर्वसम्मत रूपमा चयन गरिएको छ।
त्यस्तै, महासचिवमा भीमराज सिंह चयन भएका छन् भने उपमहासचिवमा खगराज पोखरेल निर्विरोध निर्वाचित भएका छन्।
नवगठित समितिले स्वास्थ्यकर्मीहरूको हकहितको लागि थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएको छ।