बखडा खानु तपाईंलाई धेरै फाइदा गर्छ यो “पहाडी हिराले”

नेपाली पहाडका बोटबिरुवाबीच मौन रूपमा फल्ने एउटा अमूल्य फल हो — बखडा (आरु बखडा/प्रुन्स)। स्वादिलो मात्रै होइन, यसमा लुकेको छ यस्तो पोषणीय शक्तिको खानी, जसले शरीरलाई ऊर्जा, रोग प्रतिरोध, मुटुको रक्षा, पाचन सुधार, हड्डी बलियो जस्ता असंख्य फाइदा दिन्छ।
बखडामा पाइने भिटामिन C, A, K, र पोटासियम ले शरीरलाई रोगसँग लड्न सजिलो बनाउँछ। विशेषगरी गर्मीमा शरीरमा पानीको कमी हुन नदिन यसको सेवन निकै लाभदायक हुन्छ।
बखडामा फाइबर, पोटासियम र शक्तिशाली एन्टिअक्सिडेन्ट भरिपूर्ण हुन्छन्। यी तत्वहरूले LDL (खराब कोलेस्ट्रोल) घटाउन सहयोग गर्छन् र रक्तचाप सन्तुलनमा राख्न मद्दत गर्छन्। नियमित सेवनले मुटु स्वस्थ राख्न सहयोग पुर्याउँछ।
बखडाको ग्लाइसेमिक इन्डेक्स कम हुन्छ, जसले गर्दा यसले रगतमा चिनीको मात्रा चाँडो बढाउँदैन। यसको फाइबरले चिनीको अवशोषण ढिलो गराउँछ, जसले मधुमेह भएका व्यक्तिहरूलाई फाइदा गर्छ।
गर्मी याममा बखडा खाँदा शरीरमा पानीको कमी हुँदैन। यसले डीहाइड्रेशन हुनबाट जोगाउँछ र शरीरमा चिसोपना ल्याउँछ।
विशेषगरी सुकाइएको बखडा (प्रुन्स) हड्डीका लागि अत्यन्त लाभदायक मानिन्छ। यसले हड्डीको घनत्व बढाउन सहयोग गर्छ र हड्डी कमजोर हुने समस्या (osteoporosis) को जोखिम घटाउँछ।
बखडामा पाइने फिनोलिक कम्पाउन्ड र एन्थोसायनिन ले बुढ्यौलीको प्रक्रिया ढिलो पार्न र शरीरभित्रको सूजन कम गर्न सहयोग गर्छ।
“हामीकहाँ पाइने मौसमी फलफूल मात्र स्वादको लागि होइन, स्वास्थ्यको लागि आशीर्वाद हो। ताजा बखडा खाऔं, शरीरलाई बलियो बनाऔं!”