उद्योग संगठन मोरङको नेतृत्वमा नयाँ उत्साह: नन्दकिशोर अध्यक्षमा निर्विरोध निर्वाचित

मोरङ, १४ जेठ — उद्योग संगठन मोरङको नेतृत्व चयनमा यसपटक नयाँ उत्साह र सहमतिको वातावरण देखिएको छ। प्रतिष्ठित उद्योगी नन्दकिशोर राठी निर्विरोध रूपमा अध्यक्ष पदमा चयन हुनु भएको छ। उहाँको नेतृत्वमा संगठनले आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
साथै अन्य पदाधिकारीहरू पनि निर्विरोध चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, वित्तीय क्षेत्रका उपाध्यक्षमा सुरेन्द्र गोल्छा, कृषि, जलस्रोत तथा ऊर्जा उपाध्यक्षमा विपिन काबरा, रोजगारदाता तर्फबाट उपाध्यक्षमा सुवोध कोइराला चयन हुनु भएको छ। कोषाध्यक्षको जिम्मेवारी पारस लुनियाले सम्हाल्नु हुने भएको छ।
नयाँ कार्यसमितिमा सदस्यहरूका रूपमा दीपककुमार अग्रवाल, जयेन्द्रकुमार शर्मा, सन्तोषकुमार भगत, सिद्धार्थ काबरा, सृजन प्याकुरेल, उकेश अग्रवाल, शौरभ सारडा, वीरेन्द्र राठी, प्रतीक राउत, पारस गोल्छा र किरण ब्यास चयन हुनु भएकाे नवनिर्वाचित उपाध्यक्ष सुवाेध काेईरालाले वताए ।
नयाँ टिमलाई उद्योग क्षेत्रका विभिन्न संघसंस्थाबाट बधाई तथा शुभकामना प्राप्त भइरहेका छन्। निर्विरोध निर्वाचनले आपसी समझदारी र एकता झल्काउने विश्वास गरिएको छ। संगठनले अब उद्योगी–व्यवसायीको हित र प्रदेशको आर्थिक विकासमा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ।