काठमाडौं महानगरपालिका वडा नं २७ को आयोजनामा जारी श्रीमती मंगलादेवी सिंह स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा काठमाडौँका सीएमए पुरुषोत्तम सिलवालले पाँचै चरण जित्दै ५ अंकसहित एकल अग्रता बनाएका छन्।


वेस्टर्न एसियन एमेच्योर चेसमा नेपाललाई रजत दिलाएका पुरुषोत्तमले हार्दिक पन्त, रामकृष्ण महर्जन, महेन्द्रकुमार साम्बा हाम्फे, शैलेन्द्र न्यौपाने र नवीन तण्डुकारलाई पराजित गरेका हुन्


४.५ अंकसहित एफएम क्षितिज भण्डारी, प्रकाशचन्द्र नेपाल र सुरज महर्जन संयुक्त दोस्रो स्थानमा छन्।
महिला तर्फ नेशनल जुनियर विजेता रिया श्रेष्ठसहित चार खेलाडीले समान ३ अंक जोडेका छन्।


स्वीस लिग प्रणालीमा ९ चरणसम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले २५ हजार रुपैयाँसहित कुल १ लाख ४५ हजार रुपैयाँ पुरस्कार वितरण हुनेछ।