गोरखा समाज बेल्जियमको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, रमेश कार्की अध्यक्षमा सर्वसम्मत चयन

ब्रसेल्स (बेल्जियम) गोरखा समाज बेल्जियमको दोस्रो अधिवेशन आज भव्य रूपमा सम्पन्न भएको छ। बेल्जियमको ब्रसेल्समा आयोजित अधिवेशनमा विभिन्न शहरबाट सहभागी गोरखा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनको प्रमुख आकर्षणका रूपमा नयाँ कार्यसमिति गठन गरिएको छ, जसअनुसार रमेश कार्की सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको छ। उहाँसँगै निम्न पदाधिकारीहरू पनि सर्वसम्मत चयन भएका छन्:
उपाध्यक्ष: श्री हरि थापा, उपाध्यक्ष: श्री ईश्वर भट्ट,महासचिव: श्री सबिन न्यौपाने, सचिव: श्रीमती सुमित्रा घिमिरे,कोषाध्यक्ष श्री दिपक भट्टराई ,सदस्यहरू श्री राम प्रसाद भट्ट, श्री अर्जुन तिवारी, श्री केशल घले, श्री कृष्ण ढकाल , श्री सर्केस गुरुङ र श्री सबु भट्ट रहनुभएकाे छ
कार्यक्रममा गोरखा समाजका पूर्वअध्यक्ष, सल्लाहकार, समाजसेवी तथा स्थानीय नेपाली समुदायका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। उद्घाटन सत्रमा समाजको अघिल्लो कार्यकालको समीक्षा, आगामी कार्ययोजना र आप्रवासी गोरखा समुदायका हितमा केन्द्रित कार्यक्रमहरूको प्रतिबद्धता व्यक्त गरियो।
नव-निर्वाचित अध्यक्ष रमेश कार्कीले धन्यवाद मन्तव्य दिंदै आफ्नो कार्यकालमा सामाजिक एकता, नेपाली संस्कृति प्रवर्द्धन, युवाहरूको सहभागिता, र आपतकालीन सहयोग कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समाजका सल्लाहकार तथा वरिष्ठ सदस्यहरूले नव-निर्वाचित समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको समाजका राम घलेले वताए ।