काठमाडौं, भदौ ९ – बलिउड अभिनेत्री शमिता शेट्टी आइतबार काठमाडौं आइपुगेकी छन्। 

राजधानी प्रवेशसँगै उनले सोल्टी होटलमा बसाइ सुरु गरेकी छन्। आगमनबारे जानकारी भने उनले आफ्नै इन्स्टाग्राम स्टोरीमार्फत फ्यानहरूसँग साझा गरेकी हुन्।

काठमाडौंको दृश्यसमेत समेटिएको उनको स्टोरीले सामाजिक सञ्जालमा चाँडै नै चर्चा पाएको छ। फ्यानहरूले उनलाई स्वागत सन्देश पठाइरहेका छन् भने कतिपयले नेपाल भ्रमणको उद्देश्यबारे उत्सुकता प्रकट गरेका छन्।

होटल स्रोतका अनुसार, शेट्टीको बसाइ छोटो भए पनि व्यस्त रहनेछ। उनले राजधानीका केही सांस्कृतिक स्थल अवलोकन गर्ने र विशेष कार्यक्रममा समेत सहभागिता जनाउने योजना रहेको बुझिएको छ।

अहिलेसम्म औपचारिक कार्यक्रमबारे खुलेर जानकारी नदिए पनि शमिता शेट्टीको नेपाल आगमनले राजधानीमा बलिउडको रौनक थपिएको छ।