इतिहासमै पहिलो: सी, पुटिन र किम एकै साथ मञ्चमा
२०८२ भाद्र १८, बुधबार १२:३१
बीजिङ भाद्र १८ — चीनले ८०औँ विजय दिवसको अवसरमा आयोजित भव्य सैन्य परेडमार्फत आफ्नो राष्ट्रिय सुरक्षा र विश्व राजनैतिक दाबीलाई पुनः पुष्टि गरेको छ। राष्ट्रपति सी चिनफिङले भाषणमा “चीन कुनै पनि धम्की वा दबाबबाट डराउने छैन” भन्दै देशको बल र आत्मनिर्भरतालाई जोड दिए।
विशेष विश्लेषकहरूले यस परेडलाई चीनको गैर–पश्चिमीय रणनीतिक सन्देशको रूपमा व्याख्या गरेका छन्। परेडमा हाइपरसोनिक मिसाइल, अन्तरमहादेशीय बैलिस्टिक मिसाइल (ICBM), स्टेल्थ विमान, आधुनिक ट्यांक र साइबरस्पेस इकाइहरू प्रदर्शन गरिए।
रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनको उपस्थितिलाई चीन–रूस–उत्तर कोरिया त्रिकोनात्मक गठबन्धन संकेतका रूपमा हेरिएको छ। पश्चिमी मुलुकका अधिकांश नेताहरू अनुपस्थित रहँदा चीनले multipolar विश्वव्यवस्था तथा आफ्नो क्षेत्रीय प्रभुत्वको स्पष्ट सन्देश दिएको ठानिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यो परेड केवल सैन्य प्रदर्शन मात्र नभई चीनको वैश्विक रणनीतिक ध्येय, अमेरिका नेतृत्वको विश्व व्यवस्थाविरुद्ध चुनौती र राष्ट्रिय गर्वको प्रतिक पनि हो।
सीले भाषणको अन्त्यमा भने, “इतिहासले हामीलाई सिखाएको छ, कठिन परिस्थितिमा पनि चीन कहिल्यै कमजोर पर्ने छैन; हामी बलियो, आत्मनिर्भर र स्वाभिमानी राष्ट्रको यात्रा निरन्तर अघि बढाउँदैछौँ।”




