काठमाडौं भाद्र २४ – सोमबार नेपालमा सामाजिक सञ्जालमा सरकारद्वारा लगाइएको प्रतिबन्धविरुद्ध भएको प्रदर्शन हिंसात्मक मोड लिएपछि सुरक्षाकर्मीको गोली प्रहारमा प्रदर्शनकारीको मृत्यु भएको घटनाले अन्तर्राष्ट्रिय प्रतिक्रिया आकर्षित गरेको छ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालय (OHCHR) ले यस घटनाप्रति गम्भीर आपत्ति जनाउँदै तुरुन्त छानबिन गर्न आग्रह गरेको छ। कार्यालयकी प्रवक्ता रविना शामदासानीले विज्ञप्तिमार्फत भनिन्, “प्रदर्शनकारीहरूको हत्या र घाइते भएको समाचारले हामी स्तब्ध छौँ। यस घटनाको शीघ्र, निष्पक्ष र पारदर्शी अनुसन्धान आवश्यक छ।”

उनले सुरक्षाकर्मीहरूले अनावश्यक बल प्रयोग गरेको प्रारम्भिक रिपोर्ट आफूहरूलाई प्राप्त भएको उल्लेख गर्दै, ‘सुरक्षा बल र बन्दुकको प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिद्धान्तलाई कडाइका साथ पालना गर्नुपर्छ,’ भनेकी छन्।

मानवअधिकार कार्यालयले नेपाल सरकारलाई नागरिकको शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। साथै, घटनाप्रति अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले पनि कडा विरोध जनाएका छन्