भारतले नेपालको नयाँ अन्तरिम सरकारप्रति शुभेच्छा प्रकट
२०८२ भाद्र २८, शनिबार ०९:४८
काठमाडौं, भाद्र २८ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई पदभार ग्रहणको अवसरमा बधाई दिएका छन्।
मोदीले सामाजिक सञ्जाल एक्स मार्फत शुभकामना दिंदै लेखेका छन्– “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ।”
यसअघि भारतको विदेश मन्त्रालयले पनि नेपालमा नयाँ अन्तरिम सरकार गठन भएको घटनालाई स्वागत गर्दै दुई देशबीचको आपसी सम्बन्ध अझै मजबुत बन्ने अपेक्षा व्यक्त गरेको थियो।
भारतको तर्फबाट आएको यो सन्देशले नेपालको राजनीतिक संक्रमणकालीन यात्रामा दक्षिणी छिमेकीको ध्यान र समर्थन झल्काएको विश्लेषकहरूले बताएका छन्।





