काठमाडौं असाेज २ , वेस्ट इन्डिजले आगामी नेपालविरुद्धको टि–२० अन्तर्राष्ट्रिय सिरिजका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। गएराति घोषणा गरिएको टोलीमा क्यारेबियन प्रिमियर लिग (CPL) मा चम्किएका केही नयाँ खेलाडीलाई मौका दिइएको छ भने केही वरिष्ठ खेलाडीलाई आराम दिइएको छ।

यसपटक वेस्ट इन्डिजको कप्तानी अकिल होसेनले गर्ने भएका छन्

अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर।

नेपालसँग वेस्ट इन्डिजको सिरिज संयुक्त अरब इमिरेट्स (यूएई) मा सेप्टेम्बर २७ देखि २९ सम्म हुनेछ। यसअघि नै नेपालले कप्तान रोहित पौडेलको नेतृत्वमा टिम घोषणा गरिसकेको छ।

 नेपाल–वेस्ट इन्डिजको यो सिरिजलाई नेपाली क्रिकेट समर्थकहरूले ऐतिहासिक मानिरहेका छन्, किनकि पहिलोपटक दुवै टिमबीच अन्तर्राष्ट्रिय टि–२०आई प्रतिस्पर्धा हुँदैछ।