रोमाञ्चक जितसँगै नेपाल सुपर–६ मा चम्कियो, यूएईलाई १ रनले पराजित
२०८२ आश्विन २६, आईतवार २२:३३
काठमाडौं असाेज २६, ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई रोमाञ्चक खेलमा पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ।
पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका ओपनर आशिफ शेखले उत्कृष्ट ५१ रन प्रहार गरे भने कुशल भुर्तेलले २८ र कप्तान रोहित पौडेलले २० रनको योगदान दिए।
लक्ष्य पछ्याउने क्रममा यूएईले अन्तिम क्षणसम्म संघर्ष गरे पनि २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमै सीमित भयो। त्यससँगै नेपाल १ रनको रोमाञ्चक जितसँगै प्रतियोगिताको अगाडि बढ्ने सम्भावनामा अझ बलियो बनेको छ।
यूएईका तर्फबाट मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले समान एक–एक विकेट लिएका थिए।




