चक्रवाती तूफान ‘मोंथा’ : भारतीय मौसम विभागको उच्च सतर्कता, दक्षिण भारतमा भीषण वर्षाको चेतावनी
२०८२ कार्तिक ८, शनिबार २३:०७
नयाँ दिल्ली, कात्तिक ८ शनिबार ,भारतीय मौसम विभाग (IMD) ले बंगालको खाडीमा बनेको चक्रवाती तूफान ‘मोंथा’ को प्रभावका कारण आगामी केही दिन दक्षिण भारतका विभिन्न क्षेत्रमा भीषण वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरेको छ।
मौसम पूर्वानुमानअनुसार १० गते साेमवारदेखि यो प्रणाली तीव्र गति लिँदै गंभीर चक्रवाती तूफान (Severe Cyclonic Storm) मा परिणत हुने अनुमान गरिएको छ। यो तूफानको नाम ‘मोंथा’ थाइल्यान्डले दिएको हो।
बंगालको खाडीको दक्षिण–पूर्वी भागमा बनेको न्यून दबावको क्षेत्र क्रमशः बलियो बन्दै गएको छ। IMD का अनुसार यो प्रणाली पश्चिम–उत्तरी दिशामा सर्दै आन्ध्र प्रदेशको तट (काकीनाडा नजिकै) तिर २८ अक्टोबरको साँझ वा राततिर पुग्ने सम्भावना छ।
मौसम विभागले तमिलनाडु, आन्ध्र प्रदेश, ओडिशा र तेलङ्गानाका तटीय जिल्लाहरूमा अत्यधिक भारी वर्षाको सम्भावना जनाएको छ।
तमिलनाडु — चेन्नई, तिरुवल्लूर र रानीपेट जिल्लामा १२ देखि २० से.मि. सम्म वर्षा हुने पूर्वानुमान।
आन्ध्र प्रदेश — रायलसीमा र तटीय क्षेत्रका थुप्रै जिल्लामा मूसलधारे वर्षा र ६५–७५ किमि प्रतिघण्टासम्मको हावा चल्ने सम्भावना।
ओडिशा र तेलङ्गाना — लगातार भारी वर्षा र बाढी जोखिमको चेतावनी दिई रहेको छ ।
मछुवाहरूलाई आगामी केही दिन समुद्रमा नजान चेतावनी दिइएको छ। तटीय इलाकामा राहत टोली तयारी अवस्थामा राखिएको छ।
घर वरिपरिका सामान बाँध्ने, बिजुली उपकरणहरू सुरक्षित राख्ने र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।
“भारी वर्षा” भनेको सामान्य भन्दा अत्यधिक वर्षा हो, जसले नदी–नाला बढाउने, सडक जलमग्न गर्ने वा आवागमन अवरुद्ध गर्ने जोखिम निम्त्याउँछ। “अत्यधिक भारी वर्षा” भनेको २४ घण्टामा २० से.मि. वा सोभन्दा बढी वर्षा हुने अवस्था हो।
चक्रवाती तूफान ‘मोंथा’ दक्षिण भारतका तटीय भागहरूका लागि गम्भीर चुनौती बन्न सक्ने अनुमान छ।
मौसम विज्ञहरूले नागरिकलाई सतर्क रहन, आवश्यक तयारी गर्न र आधिकारिक सूचनामात्रै विश्वास गर्न आग्रह गरेका छन्।
स्रोत: भारतीय मौसम विभाग (IMD), टाइम्स अफ इन्डिया, लिभमिन्ट, इकनोमिक टाइम्स




