विराटनगर, कार्तिक १२ , विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गतको विराट क्यान्सर इन्स्टिच्युटले एक ऐतिहासिक उपलब्धि हासिल गर्दै ESMO (European Society for Medical Oncology) द्वारा एकीकृत ओन्कोलोजी र प्यालिएटिभ केयर नियुक्त केन्द्र (सन् २०२६–२०२८) को रूपमा मान्यता प्राप्त गरेको छ।

यो मान्यता प्राप्त गर्ने नेपालकै पहिलो संस्था बनेको छ, जसले देशमा बहु-अनुशासनात्मक क्यान्सर उपचार र प्यालिएटिभ केयर सेवाको विकासलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

यस उल्लेखनीय उपलब्धिका लागि एसोसिएट प्रोफेसर, मेडिकल अनकोलोजिस्ट तथा हेमाटोलोजिस्ट डा. सुलभ सापकोटाको नेतृत्व, पहल र निरन्तर कडा परिश्रमलाई संस्थाले उच्च सम्मानका साथ धन्यवाद ज्ञापन गरेको छ।

संस्थाले यस उपलब्धिलाई नेपालमा क्यान्सर उपचार सेवाको विश्वस्तरीय मान्यता र सुधारको दिशामा एउटा ऐतिहासिक मोडका रूपमा लिएको भनि कलेजका कानुनी सल्लाहकार अधिवक्ता काशीनाथ चुडालले वताए ।