अमेरिका विदेश नीति खुलासासँग स्वीकार्यो: “हामी अरू देशको सरकार ढाल्थ्यौं”
२०८२ कार्तिक १५, शनिबार १९:१२
बहराइन कार्तिक १५ शनिबार ,अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले अमेरिकी विदेश नीतिका अँध्यारो पक्ष सार्वजनिक गरेकी छन्।
उनले बहराइनको ‘मनामा डाइलग’ सम्मेलनमा भनिन् कि अमेरिका दशकौँसम्म अन्य राष्ट्रमा सरकार परिवर्तन र हस्तक्षेपमा संलग्न रहेको थियो।
गबार्डले स्पष्ट पारिन्, “हाम्रो यस किसिमको नीति विश्वभर अशान्ति र द्वन्द्वको कारण बन्यो, खरबौँ डलर खर्च भयो र हजारौँ मानिसको ज्यान गयो।”
तर उनका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा यो नीति बदलियो। अहिले अमेरिका आर्थिक समृद्धि र क्षेत्रीय स्थायित्वतर्फ ध्यान केन्द्रित गर्दैछ। उनले गाजा युद्धविराम, इरानमाथि कूटनीतिक दबाब, र अफगानिस्तानबाट सेनाको फिर्तीलाई यस परिवर्तनका उदाहरणको रूपमा प्रस्तुत गरिन्।
गबार्डले अन्त्यमा चेतावनी दिइन्, “हामीले अरू देशका शासनमा हस्तक्षेप गरेर धेरै शत्रु बनायौँ, अब यो गलत चक्र तोड्ने समय आएको छ।”




