२५ वर्षमै राजनीतिमा धमाकेदार प्रवेश: मिथिला की आवाज अब अलिनगरको अग्रपंक्तिमा
२०८२ कार्तिक २८, शुक्रबार १३:४६
विहार कार्तिक २८ शुक्रबार , मात्र २५ वर्षकी लोकगायिका–माथि राजनीतिमा नयाँ अनुहार—मैथिली ठाकुरले बिहारको अलिनगर क्षेत्रमा प्रारम्भिक मतगणनामा अग्रता हासिल गरेर चर्चा बटुलेकी छन्।
एक महिनाअघि मात्र बीजेपी प्रवेश गरेकी उनी पहिलोपटक चुनावी मैदानमा उत्रिँदै यति छिट्टै जनसमर्थन पाउन सफल भएकी हुन्।
युवावस्थामै राजनीतिमा उर्लिएको उत्साहबारे ठाकुर भन्छिन्—“जीत–हारभन्दा ठूलो कुरा सेवा हो। यी ३० दिनले जीवन बदलिदियो।”
लोकगीतमार्फत मिथिलाकी सांस्कृतिक दूतका रूपमा पहिचान बनाएकी ठाकुरले विदेश जाने अवसरसमेत ठाडै अस्वीकार गरेको खुलासा गरेकी थिइन्।
उनको प्रेरणा? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।
“मोदीजी युवाका प्रेरणा हुन,” उनी भन्छिन्, “उहाँको नेतृत्वमा आफ्नो क्षेत्रका लागि काम गर्नु मेरो सौभाग्य हुनेछ।”
उमेरका हिसाबले युवा, तर प्रतिबद्धतामा परिपक्व—मैथिली ठाकुरको यो चुनावी यात्रा अब व्यापक रूपमा चुनावको रोचक कथामा बदलिँदै छ।




