चिनबाट युरोप सिधा रेल सेवा सुरू
२०७९ चैत्र ५, आईतवार १०:५०
५५ कन्टेनरले भरिएको मालवाहक रेल बिहीबार बिहान बेइजिङबाट रुसको राजधानी मस्कोका लागि प्रस्थान गरेको छ र चीनको राजधानीबाट पहिलो प्रत्यक्ष चीन-युरोप मालवाहक रेल सेवाको सुरुवात भएको छ।
निर्माण सामग्री, घरायसी विद्युतीय उपकरण र कपडाजस्ता सामान बोकेको मालवाहक रेल शहरको उत्तरपूर्वी पिङगु जिल्लाको लजिस्टिक हबबाट प्रस्थान गरी उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको मन्झौली बन्दरगाह हुँदै देशबाट बाहिरिनेछ।
करिब ९,००० किलोमिटरको दूरी तय गरी यो ट्रेन १८ दिनमा मस्को पुग्ने अपेक्षा गरिएको छ। “विगतमा, हामीले उत्पादनहरू युरोप पठाउनु अघि हेनान वा हेबेई प्रान्तहरूमा पठाउनु पर्थ्यो,” टाइटोङ अन्तर्राष्ट्रिय यातायात कम्पनी लिमिटेडका महाप्रबन्धक चु यिक्सियाओले भने। “यस मालवाहक रेल सेवाको सुरुवातसँगै अब बेइजिङबाट सिधै युरोपमा सामान पठाउन सकिनेछ, ढुवानी लागत घटाउने र यातायातको दक्षतामा बृद्धि भएको छ,” उनले भने, विकासले व्यवसाय फस्टाउने नयाँ अवसरहरू प्रदान गरेको छ।
यो वर्ष बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) को १० औं वार्षिकोत्सव मनाइँदैछ। चाइना स्टेट रेलवे ग्रुप कम्पनी लिमिटेडका बोर्डका अध्यक्ष लिउ झेन्फाङका अनुसार चीन-युरोप मालवाहक रेलहरूले १०८ चिनियाँ शहरहरूलाई २५ युरोपेली देशका २०८ शहरहरूसँग जोडेको छ र कार्गो मार्गहरूले ६५००० मालवाहक रेल यात्राहरू ह्यान्डल गरेको छ।




