कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा
२०८३ कार्तिक ११, मंगलवार २१:२०
विराटनगर। कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन्।
प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार पेस गरिएको उनको राजीनामा २०८३ कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेका हुन्।
गुरागाईं २०८१ असार २३ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए। उनको पदावधि ६ वर्षको थियो।




