कांग्रेस केन्द्रीय समितिमा १९ जना मनोनीत, देउवा समूह र शेखर समूहबीच सन्तुलन
२०८३ बैशाख २८, सोमबार १८:१८
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिमा १९ जना नयाँ सदस्य मनोनीत गरेको छ। सभापतिले गरेको मनोनयनअनुसार निवर्तमान सभापति शेरबहादुर देउवा समूहबाट १२ जना र डा. शेखर कोइराला समूहबाट ७ जना केन्द्रीय सदस्य बनेका छन्।
कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा १० अनुसार उनीहरूलाई केन्द्रीय समितिमा मनोनीत गरिएको हो।
देउवा समूहबाट महेन्द्र यादव, उमेश श्रेष्ठ, रमेश रिजाल, अजयकुमार चौरसिया, लक्ष्मी परियार, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, राजीव ढुङ्गाना, नागिना यादव, डा. जीवन राना लगायतका नेता मनोनीत भएका छन्।
त्यस्तै शेखर कोइराला समूहबाट जीवन परियार, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, डा. चन्द्रकान्त भण्डारी, राजीव कोइराला, प्रा.डा. गोविन्दराज पोखरेल र दिनेश कोइराला मनोनीत भएका छन्।
पार्टीभित्र विभिन्न समूहको प्रतिनिधित्व मिलाएर गरिएको यो मनोनयनलाई आगामी राजनीतिक गतिविधि र संगठनात्मक सन्तुलनका दृष्टिले महत्वपूर्ण मानिएको छ।




