कांग्रेसको कडा निर्देशन : वडा सभापति नटेरे कारबाही, नयाँ नियुक्ति हुने
२०८३ जेष्ठ ६, बुधबार १६:३०
काठमाडौ ,नेपाली कांग्रेसले देशभरका वडा कार्यसमितिलाई क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम म्याद तोकेको छ। जेठ २१ भित्र काम पूरा गर्न निर्देशन दिँदै पार्टीले ढिलाइ वा असहयोग गर्ने वडा सभापतिलाई हटाएर विकल्पमा नयाँ व्यवस्था गर्ने चेतावनी दिएको छ।
पार्टीले सदस्यता प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन डिजिटल प्रणाली प्रयोग गरेको जनाएको छ। जिल्ला र पालिका तहका समितिहरूलाई अनुगमन र विवरण केन्द्रमा पठाउन पनि निर्देशन दिइएको छ।
केन्द्रीय कार्यसमितिको निर्णयअनुसार अभिलेख व्यवस्थापनलाई आधुनिक र डिजिटल बनाउने प्रक्रिया अघि बढाइएको कांग्रेसले स्पष्ट पारेको छ।




