गगनले कोइराला निवासमा कडा अभिव्यक्ति, ‘अनुहार मन पर्दैन भने भन्नु केही छैन’
२०८३ जेष्ठ ९, शनिबार ११:४३
विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापा ले पार्टीभित्रको आन्तरिक व्यवस्थापन र नेतृत्व चयन प्रक्रियाबारे कडा टिप्पणी गरेका छन्।
शनिबार डा. शेखर कोइराला निवास पुगेका थापाले पार्टीको संरचना, सदस्यता नवीकरण र जिम्मेवारी बाँडफाँटमा अवरोध गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए।
उनका अनुसार पार्टीका विभिन्न संयन्त्रहरू सहमति र परामर्शका आधारमा गठन गर्न आफू तयार रहेको छ। तर, प्रक्रिया अघि बढ्न नदिने अवस्था स्वीकार्य नहुने उनको भनाइ थियो।
थापाले क्रियाशील सदस्यता अद्यावधिक रोक्ने वा ढिलाइ गर्ने जो–कोहीलाई जिम्मेवारीबाट हटाइने चेतावनी पनि दिए। उनले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास बलियो बनाउन सदस्यता व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए।
फरक प्रसंगमा उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषय उठाउँदै त्यसलाई तत्काल सार्वजनिक गर्न माग गरे। उनले प्रतिवेदन लुकाइएको हो भने गम्भीर प्रश्न उठ्ने बताएका छन्।




