राणा–प्रसाईँको नयाँ राजनीतिक यात्राको औपचारिक थालनी आज
२०८३ जेष्ठ ३१, आईतवार १६:४९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका नेता धवलशमशेर राणा र नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नयाँ राजनीतिक दल गठनको अन्तिम तयारीमा जुटेका छन्।
वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याउँदै आएका राणा र प्रसाईँले नयाँ दलको घोषणा कार्यक्रमबारे जानकारी दिन आइतबार पत्रकार सम्मेलन आयोजना गरेका छन्।
राजनीतिक असन्तुष्टि, व्यवस्था सुधार र जनसरोकारका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने दाबी गरिएको उक्त दलको औपचारिक घोषणा निकट भविष्यमा हुने बताइएको छ। राणा र प्रसाईँको सहकार्यलाई पछिल्लो समय नेपाली राजनीतिमा नयाँ समीकरणका रूपमा हेरिएको छ।
पत्रकार सम्मेलनमार्फत पार्टीको नाम, उद्देश्य, संगठन संरचना तथा आगामी राजनीतिक कार्यदिशाबारे थप जानकारी सार्वजनिक गरिने अपेक्षा गरिएको छ।




