कक्षा १२ को नतिजाप्रति असन्तुष्टि, विद्यार्थी माइतीघरमा
२०८३ असार ११, बिहीबार १३:३४
काठमाडौं । कक्षा १२ को नतिजामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले मूल्यांकन प्रक्रिया पारदर्शी नभएको, पुनर्मूल्यांकन तथा रिटोटलिङको व्यवस्था प्रभावकारी नभएको भन्दै निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ र उत्तरपुस्तिका पुनर्परीक्षणको माग गरेका छन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले आफ्ना मागको सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्। यता, शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ।




