विराटनगरमा शीर्ष नेताहरूको भेट, समसामयिक राजनीतिक विषयमा छलफल
२०८३ असार १२, शुक्रबार ११:२१
विराटनगर विराटपाटी असार १२ । आज विहान पुष्पकमल दाहाल ,माधव कुमार नेपाल र शेखर काेइराला बीच विराटनगरस्थित कोइराला निवासमा भेटघाट भएको छ।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई निवासमै भेटेका हुन्। भेटका क्रममा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय मुद्दा तथा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल भएको स्रोतले जनाएको छ।
शीर्ष नेताहरूबीच भएको यो भेटलाई पछिल्लो राजनीतिक घटनाक्रमका बीच अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।
राजनीतिक वृत्तमा यस भेटलाई दलहरूबीच संवाद र सहकार्यको सम्भावनासँग जोडेर समेत हेरिएको छ।




