राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति निर्वाचनमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारका ८ जना मन्त्री निर्वाचित भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र परराष्ट्रमन्त्री शिशिर खनाल सर्वाधिक मतसहित विजयी बनेका छन्।

यता, श्रममन्त्री रामजी यादव भने निर्वाचनमा पराजित भएका छन्। खुला केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरेका उनले ८६९ मत मात्र प्राप्त गरे।

प्रधानमन्त्री बालेन शाह भने वरिष्ठ नेताको जिम्मेवारीमा निर्विरोध चयन भएका छन्। केही मन्त्रीहरूले भने चुनावमा प्रतिस्पर्धा नगरी मनोनयनमार्फत केन्द्रीय समितिमा आउने सम्भावना रहेको बताइएको छ।