काठमाडौं । गृह मन्त्रालयले प्रशासनिक संरचनामा व्यापक हेरफेर गर्दै ४२ जना उपसचिवको सरुवा गरेको छ। शुक्रबार सार्वजनिक गरिएको निर्णयअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक प्रमुख जिल्ला अधिकारीहरूको जिम्मेवारीसमेत परिवर्तन गरिएको छ।

सरुवासँगै ११ जिल्लाले नयाँ प्रमुख जिल्ला अधिकारी पाएका छन् भने केही जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि पुनः व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

यो निर्णय प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी, सेवा प्रवाहलाई चुस्त तथा जनमुखी बनाउने उद्देश्यका साथ गरिएको बताइएको छ। सरुवा भएका अधिकारीहरूलाई तोकिएको नयाँ कार्यस्थलमा शीघ्र जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ।

गृह मन्त्रालयले सरुवाको विस्तृत सूचीसमेत सार्वजनिक गरेको छ, जसअनुसार सम्बन्धित जिल्लाहरूमा नयाँ नेतृत्वले चाँडै कार्यभार ग्रहण गर्नेछन्।