माेरङको वुढीगंगा गाउँपालिकाको वडा नम्बर ३ मा आज शनिबार नेपाली काग्रेसको वडा भेला सम्पन्न भएको छ ।

टोल स्तरीय याेजना, विकास निर्माण र स्थानीय जनप्रतिनिधिले गरेको गतिविधि ,गुनासो वारे पार्टीका कार्यकर्ता विच छलफल गरिएकाे बुढीगंगा गाउँपालिका अध्यक्ष तथा नेपाली काग्रेसका सभापति जितनारायण थापा मगरले वताए ।

आजको भेलाले जनस्तरवाट याेजना माग गर्ने र जनप्रतिनिधिसंग पार्टीको सहभागीता वढाउने स्थानीय तहको विकास निर्माण सहयोगी वन्न र गुनासोलाई प्रत्येक्ष रूपमै जनप्रतिनिधिलाई जानकारी दिए अझै राम्रोसंग काम गर्न सकिन्छ भनि बुढीगंगा गाउँपालिका वडा न ३ का अध्यक्ष तिलकनाथ मंडलले वताए ।

जनतासंग गरिएको वाचा ,याेजना के के प्रगति भएकाे छ भनी नेपाली काग्रेस वुढीगंगा वडा ३ का सचिवले निराजन घिमिरे प्रश्न गरेका थिए । जसमा वुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले गाउँपालिकाले सम्पूर्ण गाउँपालिकाे ठूला याेजनाहरू देखि ससानो याेजनाहरू क्रमिक रूपमै भई रहेको छ , जनताको कामकाे लागि रातदिन ,भाेकप्यास नभनी जनताकाे सेवामा नै हाेमिएकाे वताए । जनताले महशुस हुने र राष्ट्रिय रूपमै नमुना गाउँपालिका वनाउन लागि परेको वताए ।

नेपाली काग्रेसका क्षेत्रीय सभापति देवु तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न वडा सम्मेलन भएको क्षेत्रीय सचिव लाेकनाथ चाैधरी वताए

सम्मेलनमा गाँउपालिका उपाध्यक्ष अमृता गच्छदार,किरण चौधरी, चन्द्रकला घिमिरे ,प्रभा राजवशी ,टाेल सभापतिहरू जनप्रतिनिधि ,क्षेत्रीय प्रतिनिधि ,पार्टीका कार्यकर्ता उपस्थिति रहेको थियो