मधेसमा सर्वदलीय सरकारको पहल : सहकार्यबाट स्थायित्वको खोजी
२०८३ मंसिर ७, आईतवार २०:३३
सबै दललाई समेटेर सरकार बनाउने मुख्यमन्त्री यादवको घोषणा
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई समेटेर सर्वदलीय सरकार गठन गर्ने घोषणा गरेका छन्।
शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले मधेसको राजनीतिक स्थायित्व र विकासका लागि सबै दलबीच सहकार्य आवश्यक रहेको बताए। उनले आफ्नो नेतृत्वको सरकारमा सबै दल सहभागी हुने विश्वास व्यक्त गर्दै विश्वासको मत पनि निर्धारित समयभित्रै प्राप्त गर्ने अपेक्षा गरे।
मुख्यमन्त्री यादवको यो पहलले मधेस प्रदेशमा राजनीतिक सहमति, साझा जिम्मेवारी र विकासमुखी शासनको नयाँ सम्भावना देखाएको छ। अब उनको घोषणालाई व्यवहारमा उतार्न दलहरूबीच कस्तो सहमति बन्छ भन्ने चासो बढेको छ।




