Oplus_131072

​हरिद्वार (भारत) मंसिर ५ शनिबार विराटपाटी — उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथकी आमाको अन्तिम यात्रा सुरु भएको छ। दिवंगत आमाको पार्थिव शरीरलाई मुख्यमन्त्री आदित्यनाथ स्वयंले काँध दिएर अन्तिम यात्रामा सहभागी भएका छन्।

​पार्थिव शरीरलाई काँध दिएपछि अन्त्येष्टिका लागि उत्तराखण्डको हरिद्वारस्थित चण्डीघाटतर्फ प्रस्थान गरिएको छ। उक्त दुःखद घडीमा परिवारका सदस्यहरूका साथै आफन्त र सर्वसाधारणको समेत बाक्लो उपस्थिति रहेको छ।

​हिन्दु धार्मिक परम्पराअनुसार चण्डीघाटमा उनको अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ।