माेरङको बुढीगंगा गाउँपालिका भित्र रहेको बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल र गाउँपालिका विच वैठक गरि स्वास्थ्य विमा सेवा संचालन गरेर गाउँपालिका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने सहमति भएको छ ।

पालिकाले बिराट मेडिकल कलेजले विच एकअर्कालाई सहयोगी भई कार्य गरिनेछ भनी पालिका अध्यक्ष जित नारायण थापा मगरले वताए ।

संघीय शासन व्यवस्थाको मर्म अनुरुप स्वास्थ जीवनयापन गर्न पाउने नागरिकको मौलिक अधिकारको सुनिश्चितताका लागि तथा स्वास्थ्य विमा सेवा लिन अन्यत्र जानू परेकाले यस्तो व्यवस्था गरिएको अध्यक्ष थापा मगर बताए ।

गाउँपालिकामा रहेर स्थानीय जनतालाई स्वास्थ्य सेवा गर्न
बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलसधैं तयार छ साथै विपन्न जनतालाई उच्चस्तरीय स्वास्थ्य सेवा दिन सधैं तयार छ भनेर मेडिकल कलेजका प्रेसिडेन्ट र संचालक डा ज्ञानेन्द्र मान सिंह कार्कीले वताए

गाउँपालिका र मेडिकल कलेजसंग विच तुरुन्तै सम्झौता भई विमा कार्यक्रम संचालन हुने भनी काशी चुडालले जनाए ।

मेडिकल कलेजले विमा संगै स्थानीय राेडमा विद्युत ल्याप र नाला ढल निर्माण गरि सहयोग गर्ने पालिका प्रमुख प्रसासकिय अधिकृत गिरिराज भट्टराईले वताए ।

पालिकाले पनि मेडिकल कलेजमा हुने वा वाढी व्यवस्थापनमा प्राविधिक र अन्य सहयोग दिने छ भनेर अध्यक्ष थापा मगरले जानकारी दिए