आज विराटनगरबाट काठमाडौं आइरहेको जहाजभित्र आकाशमै झगडा गर्ने दुई जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिए ।

बुधबार साँझ विराटनगरबाट उडेको बुद्ध एयरको जहाजमा सवार दुई जनाबीच आकाशमै झगडा भएको दृश्य भिडियो सामाजिक संझालमा फैलिएको थियोे ।  झगडा गर्नेहरू दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठ हुन्। उनिहरूलाई एकअर्कालाई चिनेका साथी हुन् ।

एउटा जहाजको सँगैको सिटमा बसेका उनीहरूले जहाजमा झगडा गरेपछि प्राधिकरणले नियन्त्रणमा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई बुझाएको थियो। 

ती दुबै जनामाथि थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा पठाएको कार्यालयका एसएसपी लालमणि आचार्यले जानकारी दिए