बैशाखदेखि खैनी, चुरोट, पानपराग, गुट्खा निषेध
२०७९ चैत्र २८, मंगलवार ११:४९
आफ्नै माैलिक पहिचान वाेकेकाे विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध निर्णय गरेकाे छ ।
नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले वताए
ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गरिने उनको जानकारी दिए ।
नेपाली राजनीतिकाे उद्गम शहर विराटनगर कोशी प्रदेशको राजधानी पनि हाे । काेसी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको रहेको छ भनी उपमेयर शिल्पा निराला कार्कीले बताएकी छिन्




