मंगलबार जनकपुरमा घरखेतमा रहि काम गर्ने हरवा चरवाले अधिकार प्राप्तिकाे निमित्त यात्रा जुलुस पुगेको छ । तराई ,मधेशका विभिन्न जिल्लाबाट सयौंको संख्यामा आएका उनीहरु प्रदर्शन गर्दै कलबार कुट्टी पुगेका थिए ।

सरकारले सीप, शिक्षा, आरक्षण दिएर सरकारले रोजगारको व्यवस्थ गर्नुपर्यो । ऐलानी तथा सुकुम्बासी हरवा चरवाले जग्गा पाउनुपर्छ । उचित ज्याला र सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ हामीले’, उनले भने, ‘दलित विपन्न हरवा चरवामाथि भइरहेको शोषण दमन बन्द हुनुपर्छ ’ जस्ता माग गरेका छन् ।

सरकारले संविधानले दिने/पाउने अधिकार हामीले पाउनुपर्ने एक हरवा चरवाका अगुवाले वताए

मधेसका आठ जिल्लामा रहेको हरवा चरवाको पुनस्र्थापनाको मागसहित चार दिने अधिकार यात्रा २०७९ शनिबारदेखि विरगंजवाट सुरू भएकाे थियोे