आज बुढीगंगा गाउँपालिका अध्यक्ष जित नारायण थापा मगरले यस पालिकालाई विकास र समुन्नत पालिका वनाउने कामहरू वढीरहेकाे छ र जनताले छिट्टै परिवर्तनको महसुस हुनेछ भनि नेपाली काग्रेस बुढीगंगा वडा न २ वडा सम्मेलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा वताएका छन् ।

वुढीगंगा गाउँपालिकाको वडा नम्बर २ मा आज शनिबार नेपाली काग्रेसको वडा भेला सम्पन्न भएको भनी वडा सभापति वाेधनारायण विश्वासले जानकारी दिए ।

टोल स्तरीय याेजना, विकास निर्माण र स्थानीय जनप्रतिनिधिले गरेको गतिविधि ,गुनासो वारे छलफल भएको पालिका सचिव राेसन न्याैपानेले वताए ।

जनतासंग गरिएको वाचा ,घाेषणा पत्रमा उल्लेखित कामहरू अध्यक्ष थापा मगरले गाउँपालिका सरकारले जनताको कामकाे लागि हामीहरू रातदिन ,भाेकप्यास नभनी जनताकाे सेवामा नै हाेमिएकाे छाैं साथै राष्ट्रिय ठूला याेजनाकाे काम पनि वढेकाे वताए ।

सम्मेलनमा गाँउपालिका उपाध्यक्ष अमृता गच्छदार , वालचंद माझी ,साेमराज काफ्ले ,लाेकनाथ चौधरी, कंचन न्याैपाने ,विष्णुराज वुढाथाेकी ,मिना विश्वास साथै टाेल सभापतिहरू जनप्रतिनिधि ,क्षेत्रीय प्रतिनिधि ,पार्टीका कार्यकर्ता उपस्थिति रहेको थियो