विराटनगर महानगरपालिकाले नगरवासीकाे स्वास्थ्यकाे ख्याल राख्दै बैशाख १५ देखि खुला रूपले माछा मासुको विक्री वितरणमा राेक लगाउने निर्णय गरेकाे छ ।

माछा-मासु खुला बिक्री वितरणलाई व्यवस्थित गराउने उदेश्यले पशु बधशाला तथा मासु जाँच ऐन २०५५ वाट खुल्ला रुपमा पशुपक्षीलाई बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ ।

नगरको विभिन्न स्थानमा खुल्ला रुपमा माछामासु बिक्री गर्ने गरेको अवस्था जनतले अस्वस्थकर माछा मासु खान वाध्य छन् जसले गर्दा मानव स्वास्थ्यमा असर पर्नुका साथै बजारको सौन्दर्यकरणमा समेत ह्रास आएको छ भनेर यस्तो निर्णय गरियाे ।

‘विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दायित्व सबैको हो’ मेयर नागेश कोइरालाले भनेका छन्

मेयर काेईरालाले ‘महानगरले संचालन गरेका अन्य अभियानजस्तै माछा-मासुको बिक्री वितरणलाई व्यवस्थित बनाउने अभियानमा पनि विराटनगरवासीबाट साथ र सहयोग अवश्य प्राप्त हुनेछ

विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वैशाख १५ गतेदेखि लागू हुनेगरी सार्वजनिकस्थल, खुल्ला ठाउँ, तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलहरूमा बाहेक पशुपंक्षी बध गर्न निषेध गरिएको जानकारी दिएका छन्