नेपाली कांग्रेस बुढीगंगा गाउँपालिका सभापति तथा गापा अध्यक्ष जितनारायण थापा मगरले पार्टी आन्तरिक रुपमा एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताएका छन्

कांग्रेस बुढीगंगा गाउँपालिकाको गाउँ सम्मेलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदानमा अध्यक्ष थापा मगरले पार्टी एक ढिक्का भएर अगाडि बढेमा बुढीगंगा गाउँ पालिका पाँच वर्ष भित्रमा कायापटल गर्न सकिनेछ भनेर वताए ।

शिक्षा ,स्वास्थ ,खानेपानी ,विकास निर्माण र आर्थिकसामाजिक विकास गर्दै गाउँपालिका समुन्नत वनाउनेछु भनी अध्यक्ष थापा मगर वताए ।

नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य रूक्मीणी काेइरालाकाे प्रमुख आतिथ्यता सम्मेलन भएको छ । केन्द्रीय सदस्य काेईरालाले जनप्रतिनिधिहरू र पार्टी विच सहकार्य गरि विकासलाई गतिदिनु पर्ने भनी वताएकिछिन् साथै याेजना निर्माण गर्दा जनताको अधिकतम हितहुने गरि लाग्नुपर्छ भनेकिछिन् ।

साे सम्मेलनमा नेपाली काग्रेस पालिका उपसभापति साेमराज काफ्लेले वाटाे सडक मात्रै विकास नभई मानव सुचाङ्क पनि परिवर्तन हुने गरि काम गरिरहेको वताए

सम्मेलनमा वडा न ३ का अध्यक्ष तिलकनाथ मंडलले पार्टीकाे ईतिहास वुझेर जनहितमा काम गरिरहेकाे वताए

काग्रेस काेसी प्रदेश सहमहामन्त्री प्रमिला गच्छदार विशिष्ट आतिथ्यमामा सम्पन्न भएको कार्यक्रममा गापा उपाध्यक्ष अमृत गच्छदार , क्षेत्र सचिव लाेकनाथ चाैधरी , नेका जिल्ला सचिव ललित श्रेष्ठ, सह सचिव भुवनेश्वर मंडल,संजय मंडल ,रंन्जु अधिकारी ,मधुसूदन चाैधरी ,असाेक रिजाल ,दिपक भगत र विष्णु वुढाथाेकीले वाेल्नु भएको थियो

स्थानीय तहका जनप्रतिनिधि, क्षेत्रिय प्रतिनिधि ,नेपाली कांग्रेसमा आस्था राख्ने नागरिककाे वृहत उपस्थिति रहेको महिला नेतृ मिना विश्वास वताएकिछिन् ।

साे सम्मेलन कार्यवाहक सभापति कुमारचंद चाैधरीकाे सभापतित्वमा भएको सचिव राेसन न्याैपानेले जानकारी दिएका छन्