माेरङकाे बुढीगंगा गाउँपालिकाले सार्वजनिक वाटाे विस्तार गर्न डाेजर लगाएर घर टहरा हटाएको छ ।

लामाे समयदेखि सुचना दिदाँ र स्थानीयसंग पटकपटक सहमति गर्दा पनि अटेर गरेपछि वाध्य भएर डाेजर चलाउनु परेकाे छ भनेर गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले वताएका छन् ।

सार्वजनिक जमिनमा रहेका घर टहरा हटाउन पटक पटक आग्रह गरिएको तथा नहटाए पछि सुरक्षाकर्मीको सहयोग लिएर हटाउनु परेको गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत गिरिराज भट्टराईले जानकारी दिएका छन् ।

सो स्थानमा रहेका भूमिहीनलाई गाउँ पालिकाले घर सार्न नगद सहयोग पनि दिएको छ भनेर साेहि वडा न २ का अध्यक्ष रेवतिनारायण चाैधरी वताए ।

विराट मेडिकल हस्पिटल नजिकै गंगाचाैकवाट तेतारि वाईपास राेड जाेड्ने सडक विस्तारकाे काममा अवराेध हटेको छ भनेर स्थानीय नेता गुड्डु साहले वताए ।

उक्त वाटाेमा रहेको सुकुम्बासी , भुमिहिन ,दलितको लागि छुट्टै जमिन दिएर व्यवस्थित वस्ति वसाउने याेजना रहेको गापा अध्यक्ष थापा मगरले जानकारी दिए ।

केही स्थानीय जनता ,केही सुकुम्बासी वस्ति र विराट मेडिकल हस्पिटलकाे कलेजले बाटो मिचेरका घर टहरा निर्माण गरेका थिए ।