इलोन मस्कले ट्विटरको नयाँ सीईओको नाम घोषणा गरेका छन्। एनबीसी युनिभर्सलकी पूर्व विज्ञापन प्रमुख लिन्डा याकरिनोलाई उनले ट्विटरको सीईओ बनाए

करिब छ हप्तापछि लिन्डाले नयाँ कार्यभार सम्हाल्ने छिन्

मस्कले ट्विटरमार्फत याे घोषणा गरेका छन्। एक दिनअघि नै उनले नयाँ सीईओ फेला पारेको बताएका थिए।

मस्कले आफू ट्विटरको कार्यकारी अध्यक्ष र चिफ टेक्नोलोजी अफिसर रहने बताएका छन्।