स्थानीय तहले गरिने तालिम, गाेष्ठी र सेमिनारमा धेरै रकम दुरुपयोगकाे गुनासो वढ्दै गरेको वेलामा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विकास निर्माणमा छुट्टाएको ठूलो रकम जनप्रतिनिधि र कर्मचारीको लागि मदिरा र मासुभातमा खर्च गरेको घटनामा अख्तियारले अनुसन्धान सुरू गरेकाे छ ।

स्थानीय तहले गरिने खर्चहरू गलत भए भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम अनुसन्धान अघि बढाउने र यसबारे तथ्य र प्रमाणबमोजिम एउटा निचोडमा पुग्ने अख्तियारका एक उच्च अधिकारीले जानकारी दिए ।

आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(३) अनुसार खर्चको पुस्ट्याइँ हुने प्रमाण, कागजात संलग्न गरेर मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ।

तर, गोकर्णेश्वर नगरपालिकाले रक्सी र मासु भोज भतेरमा दुरुपयोगको प्रमाण भेटिएको छ। कार्यक्रममा सहभागी भएकाहरूले समेत यस विषयमा दुरुपयोग भएको भन्ने बयान दिए । याे भिडियो एउटा अनलाइनले प्रमाण सहित अख्तियारलाई वुझाएकाे छ ।

जनताले तिरेको करको दुरुपयोग गरिएको अन्य प्रमाण समेत बाहिरिएका छन्। यद्यपि, नगरपालिकाले भने ‘२ दिने क्षमता अभिवृद्धि कार्यक्रम’ गरेको भन्दै कार्यक्रमको प्रतिवेदन बनायाे ।

भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गर्ने अख्तियारका अधिकृतले बताए। उनले भने, ‘‘समाचारलाई नै उजुरी मानेका छौँ। यसअनुसार सो नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनसहितका विभिन्न ऐन कानुनअनुसार रकम खर्च भए नभएका हेरिरहेकाछाैं ।

२०७४ को दफा ७३(६) बमोजिम प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा मितव्ययिता कायम गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ। तर, मेयर दीपक कुमार रिसाल र प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकोटाको मिलेमतोमा मदिरामै लाखौँ खर्च दुरुपयोग गरे भनी अनुसन्धान वढेकाे छ ।