आज विश्व उच्च रक्तचाप दिवस नेपालमा पनि सरकारी तथा गैरसरकारी तहमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

रक्तचापको स्तरको अनुगमन गर्न र यसबारे विश्वव्यापी चेतना जगाउने आवश्यकतालाई उजागर गर्दै सन् २००५ देखि हरेक वर्ष मे १७ मा यो दिवस मनाइँदै आएको छ ।


चिकित्सकहरूका अनुसार बदलिँदो जीवनशैली, तनावपूर्ण दिन र प्याकेट र प्रशोधित खानाको बढ्दो संस्कृति उच्च रक्तचापको बढ्दो केसहरूको प्रमुख कारकहरू हुन् जुन धेरै हदसम्म रोकथाम गर्न सकिन्छ।


नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले उच्च रक्तचाप नेपालीका लागि चिन्ताको विषय भएको देखाएको छ । “नेपालमा १७% महिला र २३% पुरुष उच्च रक्तचापको समस्यामा छन्,” सर्वेक्षणले देखाउछ ।


उच्च रक्तचाप नियन्त्रण गर्न स्वस्थ आहार खान, नियमित शारीरिक व्यायाम गर्ने, तनाव कम गर्ने, मद्यपान र धुम्रपान नगर्ने र उचित निन्द्रा लिन चिकित्सकहरू सल्लाह दिन्छन् । यो समस्या सहरी क्षेत्रमा बढी छ ।