सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो खानेपानी आयोजना हेलम्बु गाउँपालिका–३ स्थित पाल्चोकमा सफलतापूर्वक सम्पन्न भएको छ । जिल्लाको यो दुर्गम गाउँमा अहिले ५ सय ९९ वटा धारा निर्माण गरेर चौबिसै घण्टा खानेपानीको सुविधा छ ।

खानेपानी आयोजनाको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका हुन् । स्थानीय वृद्ध तथा पत्रकार विष्णु खड्का र जिम्मी तामाङको अथक प्रयासमा एक दशकअघि यी धाराको निर्माण सुरु भएको हो

उनीहरुको पहलमा खानेपानी तथा सरसफाइ विकास कार्यालयले रु. ३०.१८ मिलियन परियोजनाको सम्पन्न भएको हाे ।

खानेपानी आयोजनाका अध्यक्ष जिम्मी तामाङका अनुसार गाउँबाट पाँच किलोमिटर टाढा रहेको कुण्डुले खोलाबाट हरेक घरमा स्वच्छ खानेपानी पु¥याइएको छ

गाउँमा बस्ने ६५ वर्षीया मैया खड्काले खानेपानीको चरम अभावका कारण वर्षौंको कष्ट स्मरण गर्दै आफ्नो घरमा दिनभर पानी आउने गरेकोमा नयाँ खुशी व्यक्त गरिन् ।

वर्षौंदेखि पाल्चोकका बासिन्दाले इनारबाट पानी लिन घण्टौं खर्च गर्नुपरेको थियो । २०१५ को भूकम्पले खानेपानीको मुहान अवरुद्ध भएपछि गाउँलेहरूले खानेपानीको पहुँचमा ठूलो चुनौतीको सामना गर्नुपरेको थियो ।

खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य, शिक्षा, सडक पूर्वाधारलगायतका विभिन्न क्षेत्रमा सुधारका लागि महत्वपूर्ण पहल गरिने बताए ।