जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरले हवाई जहाजमा मुसा भेटिएपछि उडान स्थगित गरेको छ

आज बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मा यात्रुले मुसा देखेएपछि उडान स्थगित गर्नुपरेको छ

४९ जना यात्रुको बोडिङ भइसकेपछि जहाजमा मुसा देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए

उनका अनुसार प्राविधिक जाँचका लागि केही बेर जहाज होल्ड गरिए र परीक्षणपछि मात्र उडान हुने वताए

जहाज होल्ड भएपछि यात्रुहरू अलपत्र परेका छन् ।

अब अर्को विमानमा इन्जिनियर गएर जहाजको परीक्षण गरेपछि मात्रै उडान गर्ने प्राधिकरणले जनाएको छ ।