सबै नागरिकको स्वच्छ खानेपानी दिने
२०८० जेष्ठ ७, आईतवार १०:१८
खानेपानीमन्त्री महिन्द्राराय यादवले वर्तमान सरकारले सबै नागरिकको स्वच्छ खानेपानी र सरसफाइमा पहुँच पुर्याउन उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
संविधानमा स्वच्छ खानेपानी र सरसफाइलाई मौलिक हकका रूपमा परिकल्पना भएकाले त्यसलाई व्यवहारमा ल्याउन सरकार प्रतिबद्ध रहेको यादवले शनिबार यहाँ आयोजित एक कार्यक्रममा बताए ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले वर्तमान गठबन्धन सरकारले संविधानमा भएका त्रुटिहरूलाई सच्याउने बताए ।




