अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको एक हजार रुपैयाँसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका छन्

यस्तो अवस्था परेका बुढीगंगा गाउँपालिका बिरामीले निशुल्क रगत पाउनेछन् ।

गाउँपालिकाका बिरामीले नेपाल रेडक्रस साेसाइटी माेरङकाे ब्लड बैंकबाट अब निःशूल्क रुपमा रगत पाउने भएका छन्।

बुढीगंगा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी माेरङ शाखा बिच आज भएको सम्झौता अनुसार बुढीगंगा गाउँपालिकाका बिरामीकाहरुको लागि आवश्यक पर्ने रगत ब्लड बैंकले निःशुल्क उपलब्ध गराउने सम्झौता भएको हो।

साे सम्झौता गाँउपालिका तर्फबाट अध्यक्ष जितनारायण थापा मगरले र नेपाल रेडक्रस माेरङका अध्यक्ष सुवाेध सिंहले हस्ताक्षर गरेका छन्

सम्झौतामा बुढीगंगा गाउँपालिका क्षेत्रका बासिन्दाहरुलाई उपचारका लागि आवश्यक पर्ने रगत चिकित्सकको सल्लाहअनुसार प्रदान गर्न भनिएको छ भने त्यसको भुक्तानी गाउँपालिकाले नै गर्ने सम्झौता पत्रमा उल्लेख छ।

सम्झौता अनुसार रगतको ब्याग, क्रसमैच, ग्रुपिङ्ग एंव परीक्षण वापत प्रति युनिट १ हजार ५० रुपैयाँ शूल्क गाउँपालिकाले नै ब्लड बैंकमा तिर्नु पर्ने बुढीगंगा गाउँपालिकाका प्रमुख गिरिराज भट्टराईले बताए।