नेपालमा सरकारी निकायले गाँजा खेती वारे वजेटमा उल्लेख गरेकाे पहिलो पटक हाे । गाँजाकाे औषधिजन्य सम्भाव्यता अध्ययन गर्ने व्यवस्था गरिने भनिएको छ ।

औषधीय प्रयोजनका लागि गाँजा खेतीको अनुमति दिन मापदण्ड बनाउन केही अभियान कर्ता लागि परेका थिए

नेपालका विभिन्न भागमाऔषधिका लागि गाँजा खेती हुने संभावना अधिक रहेको वताईन्छ ।

एमाले नेता शेरबहादुर तामाङले बजेटमा गाँजाकाे औषधिजन्य सम्भाव्यता अध्ययन गर्ने व्यवस्था गरिएकाेमा खुसी व्यक्त गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा गाँजाकाे औषधिजन्य सम्भाव्यता अध्ययन गर्ने व्यवस्था गर्ने बताएको थियो ।

‘गाँजा खेतीका लागि पहिलो खुड्किलो हो । म खुसी छु । सरकारलाई धन्यवाद,’ उनले भने । पूर्वमन्त्री तामाङ गाँजाबाट नेपालले आर्थिक समृद्धि हापिसल गर्न सक्ने भन्दै यसको वकालतमा छन् ।