अमेरिकाको न्युयोर्क राज्यको क्वीन्स बरोमा रहेको ७५ स्ट्रिट, ब्रोड वे र वुडसाइडलाई विश्वको सर्वोच्च हिमाल सगरमाथा वा सगरमाथामा पाइला टेक्ने पहिलो व्यक्ति तेन्जिङ नोर्गे शेर्पाको नामबाट नामाकरण गरिएको छ ।

युनाइटेड शेर्पा किडुङ र युएसए नेपाल क्लाइम्बर्स एसोसिएसनको प्रस्तावमा गत अप्रिलमा न्युयोर्कको क्वीन्सको डिस्ट्रिक्ट २५ को सिटी काउन्सिलले सडकको नाम शेर्पाको नाममा राख्न अनुमोदन गरेको थियो । शेर्पाको सम्मानमा सडकको नामकरण गर्ने अभियान विगत ६ वर्षदेखि चलिरहेको थियो ।


आरोही संघका अध्यक्ष पासाङ निमा शेर्पाले सगरमाथा दिवसमा सडकको नामाकरण तेन्जिङ शेर्पाको नाममा भएकोले हामी सबैका लागि गौरवको विषय भएको बताउनुभयो ।

यसअघि पहिलो दक्षिण एसियाली कंग्रेस महिला जेनिफर राजकुमारले मे २९ लाई सगरमाथा दिवसका रूपमा मान्यता दिन सफल भएकी थिइन् ।

सोमबार आयोजित कार्यक्रममा तेन्जिङ शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे, दाम तेन्जिङ नोर्गे, नेपाली दूतावासका प्रतिनिधि, नेपाली समुदायका अगुवा लगायतको सहभागिता रहेको थियो ।