माेदीसंग भेटवार्ता गरे प्रचण्डले
२०८० जेष्ठ १८, बिहीबार १३:०६
चारदिने भारत भ्रमणमा आएका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दिल्लीस्थित हैदरावाद हाउसमा नेपाली समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
आजबाट सुरु भएको द्विपक्षीय वार्तामा दुवै पक्ष समग्र सम्बन्धलाई विस्तार गर्न इच्छुक रहेको र केही सम्झौता हुने सम्भावना छ ।
आज हुने वार्तापछि दुवै पक्षले केही सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग पनि भेट गर्ने कार्यक्रम छ





