माेरङ नेविसंघमा विवाद
२०८० जेष्ठ २०, शनिबार ०६:३२
माेरङ नेविसंघमा विवाद चुलिएको छ। जिल्ला उपाध्यक्ष कृष्ण श्रेष्ठलाई आफू अनुकुलका गतिविधि गरेको आराेप लगाउदै साधारण सदस्य समेत नरहने गरि कारवाहि गरेका छन् ।
जिल्ला अध्यक्ष सराेज पाेख्रेलले भने श्रेष्ठलाई सचेत गराउदा पनि अटेर गरेकोले जिल्ला कार्यसमितिले नै कारवाही गरेको वताए ।
नेपालि काग्रेस जिल्ला समितिलाई ज्ञापनपत्र वुझाउदै श्रेष्ठलाई गरिएको कारवाहि नियम संगत नभएको र अध्यक्ष पाेख्रेलकाे उक्साहटले गलत कार्य गरिएकोले श्रेष्ठकाे फुकुवा गर्न वा समानान्तर कमिटी गठन गरिने श्रेष्ठ पक्षले भनिएको छ
पुर्वाञ्चल विश्वविद्यालयमा रहेको सेवा आयोग र उपकुलपतिको कार्यलयमा केहि अज्ञात समुहले तालावन्दी गरिएको विषयमा दुई पक्ष विच विवाद निम्ताएकाे हाे भनेर श्रेष्ठका पक्षका विद्यार्थी नेताले वताए
नेविसंघका जिम्मेवार साथीहरूले आफुलाई अनुशासित र मर्यादित रहेर आफ्ना गतिविधि गर्नु पर्ने जिल्ला सचिव गड्डु साहले वताए





