नेता चन्द्र भण्डारीकाे स्वास्थ्य अवस्था अपडेट
२०७९ फाल्गुन ६, शनिबार ०३:२१
नेपाली काग्रेसका नेता चन्द्र भण्डारीकाे मुम्बई वर्न सेन्टरमा पहिलो सर्जरी गर्दा दायाँ खुट्टामा एकदमै डिप ईन्जरी रहेको कारण सोचे भन्दा धेरै समय लागेको र प्रत्यक्ष निगरानी पनि कम्तीमा १-२ धण्टा राख्नु पर्ने नियम रहेको कारण दोस्रो अप्रेशन हिजो गर्न नसकिएको जानकारी डा. मुकेशले दिनुभएको छ।
आज विहान ६:३० बजे डा.घनन्जयले दिएको जानकारी अनुसार अहिले सवै पारामिटर नर्मल रहेका छन। फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको छ । डा. को भनाई अनुसार हाल तल्लो भागमा मात्र रहेकोले हृदयमा असर नपर्ने समेत भन्दै अस्पताल परिसरवाट उनका सहयोगी माधव न्यौपाने जनाए




