देउवा सिंगापुर जाँदै
२०८० जेष्ठ ३०, मंगलवार २१:५९
नेपालका ठूला नेताले स्वास्थ्य उपचार विदेश नै गर्नु पर्ने चलनलाई निरन्तरता दिदै पूर्व प्रधानमन्त्री तथा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (मंगलबार) राति ‘फलोअप’का लागि सिंगापुर जाने भएका छन् l
आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जाँदै भएका छन्
उनको सिंगापुरको माउण्ट एलिजावेथ हस्पिटलमा उपचार हुनेछ भनेर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले वताए ।
वेलावेलामा फलोअप’मा जानुपर्ने थियोे विचमा राेकिएकाे थियो ।
भानुका अनुसार कांग्रेस केन्द्रीय सदस्य तथा देउवा पत्नी आरजु राणा सोमबार नै सिंगापुर प्रस्थान गरिसकेकी छन्




