महादेवका मठहरूमा विषेश पुजा गर्दै
२०७९ फाल्गुन ६, शनिबार १२:३६
आज महाशिवरात्रि पर्व विश्वभर मनाइँदैछ । हिन्दु धर्मका आस्था गर्नेहरूले पशुपतिनाथ ,हलेसी महादेव साथै महादेवका मठहरूमा विषेश पुजा अर्चना गरिरहेका छन् । महादेवलाई प्रसन्न पार्न र पूजा गर्नका लागि महाशिवरात्रि पर्वलाई विशेष मानिन्छ । आज हरहर महादेवको नारा घर–घरमा गुन्जिरहेको छ । हिन्दू क्यालेन्डर अनुसार हरेक वर्ष फाल्गुन कृष्ण पक्षको चतुर्दशीका दिन महाशिवरात्रि पर्व मनाइन्छ ।
महाशिवरात्रिको पावन अवसरमा भक्तजनहरूले शिव मन्दिरहरूमा रुद्राभिषेक गर्छन्। महाशिवरात्रिमा धेरै मानिसहरू व्रत बस्छन् र रात्रि जागरण पनि गर्छन्। यस दिन भगवान शिव र पार्वतीको विवाह भएको जनविश्वास रहेको छ ।




